२०८३ साउन २१ गते बिहीबार

मन्त्री दीपक मनाङेलाई कारबाही गर्न पत्रकारको माग

मन्त्री दीपक मनाङेलाई कारबाही गर्न पत्रकारको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १४ गते सोमबार ०५:१४

पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न पत्रकारले माग गरेका छन् ।

पोखरा
पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न पत्रकारले माग गरेका छन् ।

संसदीय पत्रकार मञ्च, गण्डकीले मनाङेलाई कारबाहीको माग गर्दै सोमबार कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो । मनाङेले आइतबार भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो खिच्ने पत्रकारलाई कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएका थिए ।

राइड सेयरिङलाई बन्द गर्नुपर्ने मागसहित यातायात व्यवसायीले आइतबार सार्वजनिक सवारी बन्द गरेका थिए । सो विषयको रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई यातायात मजदुरले कुटपिट गरेपछि मन्त्रीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई मनाङेले दुई जनालाई नभई पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका हुन् । सोही विषयमा मञ्चले मनाङेलाई कारवाहीको माग गरेको हो ।

पत्र बुझेपछि कार्यवाहक मुख्यमन्त्री थापाले आफूले आइतबार राति नै यो विषयमा मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ०५:१४
हजुरको प्रतिक्रिया