२०८३ साउन २१ गते बिहीबार

लेकसाइडको सपिङ सेन्टरमा आगलागी, डेढ करोडको क्षति

लेकसाइडको सपिङ सेन्टरमा आगलागी, डेढ करोडको क्षति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १६ गते बुधबार १०:३८

सपिङ सेन्टरमा मदिरा, ग्रोसरी, कस्मेटिक लगायतका सामग्री थिए ।

पोखरा
पोखरा महानगरपालिका–६ लेकसाइड नारेश्वर चोकमा रहेको सपिङ सेन्टरमा आगलागी भएको छ । गएराती सवा दुई बजे मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो ।

आगलागीबाट सपिङ सेन्टर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

सपिङ सेन्टरमा मदिरा, ग्रोसरी, कस्मेटिक लगायतका सामग्री थिए ।  आगलागीले सपिङ सेन्टरको डेढ करोड रुपैयाँ बराबरको क्षति भएको एसपी थापाले जानकारी दिए ।

‘विद्युत सर्ट भएको प्रारम्भिक आँकलन गरेका छौं’, उनले भने ।

आललागी ४५ मिनेटमा नियन्त्रणमा आएकोे थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पोखरा महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८१ साउन १६ गते बुधबार १०:३८
हजुरको प्रतिक्रिया