२०८३ साउन २१ गते बिहीबार

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कानुन विद्यार्थीको दोस्रो राष्ट्रिय सम्मेलन सुरु

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कानुन विद्यार्थीको दोस्रो राष्ट्रिय सम्मेलन सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २५ गते शुक्रबार ०७:१४

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कानुन विद्यार्थीको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ ।

पोखरा
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कानुन विद्यार्थीको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले गरे । अध्यक्ष घिमिरेले दक्षिण एसियामै नेपाल कानुनी क्षेत्रमा अग्रस्थानमा रहेको दाबी गरे ।

पोखराको साइमन पार्टी प्यालेसमा जारी सम्मेलनमा देशभरबाट कानुन पढाई हुने १० वटै विश्वविद्यालयका विद्यार्थी सहभागी भएको परिषद् गण्डकी प्रदेश सचिव दिप्सन गुरुङले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन देशभरबाट ८५ विद्यार्थी पोखरा आएको उनले बताए । दुई दिनको सम्मेलनबाट कानुनका विद्यार्थीको साझा धारणा बनाउने सहयोग पुग्ने आयोजकको विश्वास छ ।

न्याय क्षेत्रलाई कुन ठाउँमा लैजाने भन्नेबारे दुई दिनको बसाईमा छलफल हुने प्रदेश सचिव गुरुङले बताए । सम्मेलनबाट आएको साझा धारणालाई सम्बन्धित निकायमा पु¥याउने उनको भनाइ छ । परिषद्को प्रथम राष्ट्रिय सम्मेलन २ वर्षअघि काठमाडौंमा भएको थियो ।

प्रकाशित मिति २०८१ साउन २५ गते शुक्रबार ०७:१४
हजुरको प्रतिक्रिया