२०८३ असोज २५ गते आइतबार

युवा दिवसको अवसरमा विभिन्न क्षेत्रका ६ युवालाई सम्मान

युवा दिवसको अवसरमा विभिन्न क्षेत्रका ६ युवालाई सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २८ गते सोमबार ०८:०८

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले) कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ ।

पोखरा
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले) कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ ।

पोखरामा सोमबार आयोजित कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा अरूणा शाही, करण परियार, फस्र्ट रनरअप सलोमी गुरूङ, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् । सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मे–हुर्केका हुन् ।

शुष्मा रञ्जित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइ.एस.एम.टी)को क्याम्पस कोओर्डिनेटर हुन् । डा. गौचन २०७७ साल पुसदेखि गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशक छन् । करण नेपाल आइडल सिजन ५ का विजेता र सलोमी फस्ट रनरअप हुन् । अरुणा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान र कुञ्जनी अधिवक्ता हुन् ।

कार्यक्रममा गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, अधिवक्ता कुञ्जनी, गण्डकी विश्वविद्यालयका डीन डाक्टर कपिल अधिकारी र सिए दीपक भुर्तेलले विभिन्न विषयमा वक्तव्य दिए । मोटिभेसन स्पिकर रोहित मल्ल र रिभाइभल् ब्यान्डले प्रस्तुती दिएका थिए ।

प्रकाशित मिति २०८१ साउन २८ गते सोमबार ०८:०८

हजुरको प्रतिक्रिया