२०८३ साउन २१ गते बिहीबार

‘एउटा यस्तो प्रेम कहानी’ आजदेखि प्रदर्शनमा

‘एउटा यस्तो प्रेम कहानी’ आजदेखि प्रदर्शनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १ गते बिहीबार १२:२४

पाेखरा । माघे संक्रन्तिको अवसर पारेर आज बिहीबारबाट अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ सार्वजनिक प्रदर्शनमा आएको छ । शुक्रबार नयाँ फिल्म रिलिजको परम्परा भएपनि फिल्म चाड पर्वको अवसर पारेर एक...

शिव श्रेष्ठ पुत्र र करिश्मा मानन्धर पुत्रीकाे कलिउडमा भाग्य परिक्षण

पाेखरा । माघे संक्रन्तिको अवसर पारेर आज बिहीबारबाट अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ सार्वजनिक प्रदर्शनमा आएको छ ।
शुक्रबार नयाँ फिल्म रिलिजको परम्परा भएपनि फिल्म चाड पर्वको अवसर पारेर एक दिन पहिले रिलिज भएको हो ।

कोभिड –१९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका फिल्म क्षेत्रलाई चलायमान गराउने र टेवा पुर्याउने उद्देश्यले. फिल्म प्रदर्शनमा आएको हो ।

शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइरालालगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।

दीपेश सापकोटाले निर्देशन रहेको फिल्म फिस्टेल मुभिजको ब्यानरमा बनेको हो । यशोदा राई र दिनेश दर्शनधारी फिल्मका निर्माता हुन् ।

खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर फिल्मका सह–निर्माताको रुपमा रहेका छन् ।

प्रकाशित मिति २०७७ माघ १ गते बिहीबार १२:२४
हजुरको प्रतिक्रिया