२०८३ साउन २१ गते बिहीबार

भ्वाइसकाे याे सिजन शुरू, आस्थाकाे स्थानमा तृसना

भ्वाइसकाे याे सिजन शुरू, आस्थाकाे स्थानमा तृसना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १ गते बिहीबार १२:३८

पाेखरा । रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोच (जज )को रुपमा गायिका आस्था राउत नरहने भएकी छन् । राउतले यो वर्ष नभ्याएपछि उनको स्थानमा गायिका तृसना गुरुङलाई अनुवन्धित गरिएको छ । ‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले...

दिप श्रेष्ठ, प्रमाेद खरेल र राजु लामा भने याे सिजन पनि यथावत

पाेखरा । रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोच (जज )को रुपमा गायिका आस्था राउत नरहने भएकी छन् । राउतले यो वर्ष नभ्याएपछि उनको स्थानमा गायिका तृसना गुरुङलाई अनुवन्धित गरिएको छ ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतिमै शो छाडेको जानकारी दिए ।

‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा आफू जोडिन पाउँदा निकै उत्साहित रहेको तृसनाले बताइन् ।

अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारणमा आउनेछ ।

शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् । यसपटक के राजु लामा आफ्नो टिमले शोको टाइटल जित्छ भन्ने अपेक्षा गरिरहेका छन् त ? राजु भन्छन्– ‘जित्नु नै सबै कुरा होइन । म सधै नै आफ्नो टिममा आउने प्रतिस्पर्धीले उत्कृष्ट काम गरेको हेर्न चाहन्छु । यसैले मलाई जित्नैपर्छ भन्ने दबाब छैन ।’

‘दि भ्वाइस अफ नेपाल’को नयाँ सो गत बर्षको भन्दा झनै उत्कृष्ट बनाउने निर्माण युनिटले जनाएको छ ।

प्रकाशित मिति २०७७ माघ १ गते बिहीबार १२:३८
हजुरको प्रतिक्रिया