२०८३ साउन २१ गते बिहीबार

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २९ गते शनिबार १०:५८

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल तथा राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीले ब्रिफिङ गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल तथा राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीले ब्रिफिङ गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल, राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे सबै उपसमितिद्वारा प्रस्तुत र छलफल हुने उनले जानकारी दिए ।

त्यसैगरी, झाले बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत हुने र प्रस्तावित नियमावली र कार्यविधिमाथि छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति २०८१ भदौ २९ गते शनिबार १०:५८
हजुरको प्रतिक्रिया