पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरेका छन् ।
बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधान बारे छलफलमा बोल्दै सभापति लामिछानेले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको बताएका हुन् । उनले अहिलेको सरकार दुई तिहाईको भनिए पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको दाबी गरे ।
संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको उनको टिप्पणी थियो । सभापति लामिछानेले रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गरे ।
प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको आवश्यकता भएको लामिछानेले जिकीर गरे । दुई तिहाईको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जाहेज नभएको उनको तर्फ थियो ।
प्रकाशित मिति २०८१ असोज ३ गते बिहीबार ०८:२०