२०८३ साउन २१ गते बिहीबार

प्रधान सेनापति र भारतका राजदूतबीच भेटघाट

प्रधान सेनापति र भारतका राजदूतबीच भेटघाट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ४ गते शुक्रबार ०४:४६

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । शुक्रबार उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका...

काठमाडौं ।

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । शुक्रबार उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।

उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति २०८१ असोज ४ गते शुक्रबार ०४:४६
हजुरको प्रतिक्रिया