२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्य क्षेत्रको नीति, कानुन र सुशासन पहिलो प्राथमिक : स्वास्थ्यमन्त्री पाठक

स्वास्थ्य क्षेत्रको नीति, कानुन र सुशासन पहिलो प्राथमिक : स्वास्थ्यमन्त्री पाठक

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ असोज २२ गते मंगलबार ०७:२१

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रको नीति, कानुन र सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिनका १०० योजना अघि सारेको बताउदै सबैको सहयोगको अपेक्षा रहेको बताए ।

बागलुङ ।

उनले स्वास्थ्य क्षेत्रको नीतिगत सुधार गर्दै आवश्यक कानुन निर्माण तथा स्वास्थ्य क्षेत्रको बेथिति सुधार गर्ने आफ्नो योजना रहेको बताए ।

आफुले गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा र तनहुँमा मेडिकल कलेज संचालन गरेर धेरै डाक्टर स्वास्थ्यकर्मी तयार गर्ने योजना बनाएको त्यसको लागि निति र विधि बनाउने क्रममा रहेको स्वास्थ्य मन्त्री पाठकले बताए ।

धौलागिरी अस्पतालमा व्यवस्थापन समिति र प्रशासनको खटपटको विषयमा मन्त्रालयलाई अप्रिय निर्णय गर्न बाध्य नबनाउन आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसीले एमालेबाट सरकारमा गएको मन्त्री नभएर सबै जनाको मन्त्री भएको बताउदै सकरात्मक सहयोग गर्न सबैलाई आग्रह गरे । धौलागिरी अस्पतालमा सानोतिनो उपचारको लागि पनि समस्या झेल्नुपरेको गुनासो मन्त्री पाठकलाई पत्रकारहरूले गरेका थिए ।

प्रकाशित मिति २०८१ असोज २२ गते मंगलबार ०७:२१

हजुरको प्रतिक्रिया