२०८३ असोज २५ गते आइतबार

भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ४ गते आइतबार ०७:२६

आईतवार साँझ पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयबिरुद्ध गइ अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताउनु भयो । पार्टीको केन्द्रिय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको बताउनु भयो । उहाँले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोप्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताउनु भयो ।

काठमाडांै ।

नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा भीम रावलसहितका नेताहरुलाई स्पष्टीकरण सोधेको छ ।

आईतवार साँझ पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयबिरुद्ध गइ अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताउनु भयो । पार्टीको केन्द्रिय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको बताउनु भयो । उहाँले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोप्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्ला घटनाक्रमका बारेमा छलफल गरेका छौँ । पार्टीको केन्द्रिय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । लामो समय पार्टी नीतिसँग असहमत राखेर आफ्ना विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरुले त्यसप्रकारका गतिविधि गरिरहनुभएको छ भन्ने विषयमा स्पष्टीकरण भएको छ ।’

सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले सिफारिस गरेअनुसार कारबाही प्रक्रिया अघि बढेको बताउनु भयो ।

प्रकाशित मिति २०८१ कात्तिक ४ गते आइतबार ०७:२६
हजुरको प्रतिक्रिया