२०८३ साउन २१ गते बिहीबार

पोखरामा कार्यपालिका निर्णय पालना गर्न मेयरलाई कांग्रेसबाट निर्वाचित वडाध्यक्षको ध्यानाकर्षण

पोखरामा कार्यपालिका निर्णय पालना गर्न मेयरलाई कांग्रेसबाट निर्वाचित वडाध्यक्षको ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ७ गते बुधबार ०८:२०

पोखरा महानगरपालिकाको २५औं कार्यपालिकाको निर्णय पालना गर्न मेयर धनराज आचार्यलाई नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले ध्यानाकर्षण गराएका छन् । कांग्रेसबाट निर्वाचित २३ वडाध्यक्षले बुधबार लिखित रुपमा मेयर आचार्यलाई ध्यानाकर्षण गराएका हुन् ।

पोखरा

उनीहरुले २५ औं कार्यपालिकाको निर्णयसहित अन्य निर्णय अक्षरस पालना गर्न गराउन मेयर आचार्यलाई आग्रह गरे । कात्तिक १४ गतेसम्म निर्णय कार्यान्वयन नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

२०८० पुस २९ गते बसेको २५औं कार्यपालिका बैठकले विभिन्न ३१ वटा निर्णय गरेको थियो । करार कर्मचारीको म्याद थप देखि भवन नियमित तथा अभिलेखिकरण सम्बन्धि कार्यविधि जारीसम्मको निर्णय गरेको थियो ।

प्रकाशित मिति २०८१ कात्तिक ७ गते बुधबार ०८:२०
हजुरको प्रतिक्रिया