२०८३ असोज २५ गते आइतबार

सरकारी कार्यालय मंगलबारदेखि खुल्ने

सरकारी कार्यालय मंगलबारदेखि खुल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १९ गते सोमबार ०२:३६

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो । आइतबार नै तिहार (यमपञ्चक) समापन भएपनि सरकारी...

काठमाडौं ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो ।

आइतबार नै तिहार (यमपञ्चक) समापन भएपनि सरकारी कार्यालयहरू मंगलबारदेखि मात्रै खुल्नेछन् ।  सरकारले साेमबारपनि तिहारकै बिदा दिएको छ ।

अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ ।

१५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन । देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन्।

२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो ।

पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो । नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो । त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो। त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ ।

प्रकाशित मिति २०८१ कात्तिक १९ गते सोमबार ०२:३६
हजुरको प्रतिक्रिया