२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीको चीन भ्रमणका लागि दुई दलीय संयन्त्र बनेको होईन् ः उपमहासचिव ज्ञवाली

प्रधानमन्त्रीको चीन भ्रमणका लागि दुई दलीय संयन्त्र बनेको होईन् ः उपमहासचिव ज्ञवाली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०५:१४

शनिबार बसेको एमाले सचिवालय बैठकले एमालेको तर्फबाट सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने पनि निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

काठमाडौं ।

नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेद्वारको नाम अनुमोदन गरेको छ ।

शनिबार बसेको एमाले सचिवालय बैठकले एमालेको तर्फबाट सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने पनि निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट सिफारिस भई आएका,प्रदेश कमिटीले निर्णय गरी पठाएका उम्मेद्वारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ ।’

त्यस्तै, उनले एमाले र कांग्रेसले बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरे ।

दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरण निर्माणका लागि वृहत उद्देश्यकासाथ संयन्त्र बनाइएको उनको भनाई छ ।

उनले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन । दुई दलले सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ, जसमा म पनि थिए ।  सरकारले त्यसलाई आत्मसाथ गरेको छ त्यसको कार्यान्वयनलाई सहजीकरण गर्ने र दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरणका निर्माणका लागि वृहत उद्देश्यकासाथ संयन्त्र बनेको हो ।’

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०५:१४
हजुरको प्रतिक्रिया