२०८३ साउन २१ गते बिहीबार

वागमती सफाई अभियान ६०० औं हप्तामा, २० हजार मेट्रिकटन भन्दा बढी फोहोर संकलन

वागमती सफाई अभियान ६०० औं हप्तामा, २० हजार मेट्रिकटन भन्दा बढी फोहोर संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०५:२८

शनिवार काठमाडौंमा सरसफाई अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रको आयोजनासमेत गरिएको थियो । कार्यक्रमबारे जानकारी दिँदै वागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सुनिल केसीले आफ्नो व्यक्तिगत समय छुट्याएर सरसफाईमा जोडिनुपर्ने बताउनु भयो । उहाँले सबैले आफ्नो समय छुट्याएर हप्तामा एक पटक नदीको सरसफाईमा जुट्न आह्वान गर्नुभयो । वागमती संस्कृति र संस्कारसँग जोडिएकाले पनि सरसफाईमा जोडिनुपर्ने उल्लेख गर्नुभयो ।

काठमाडौं ।

वागमती सफाई अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको छ ।

शनिवार काठमाडौंमा सरसफाई अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रको आयोजनासमेत गरिएको थियो । कार्यक्रमबारे जानकारी दिँदै वागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सुनिल केसीले आफ्नो व्यक्तिगत समय छुट्याएर सरसफाईमा जोडिनुपर्ने बताउनु भयो । उहाँले सबैले आफ्नो समय छुट्याएर हप्तामा एक पटक नदीको सरसफाईमा जुट्न आह्वान गर्नुभयो । वागमती संस्कृति र संस्कारसँग जोडिएकाले पनि सरसफाईमा जोडिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पोखरेलले वागमती सरसफाई अभियान स्वयंसेवी अभियान भएको बताउनु भयो । सातामा एक दिन दुई घण्टा राष्ट्रका नाममा स्वयंसेवक भन्ने अभियानअनुसार काम गरिरहेको बताउनु भयो । उहाँले शुरु गरेदेखि कुनैपनि हप्तामा सरसफाई नरोकिएको बताउनु भयो । उहाँले वागमती सरसफाई अभियान राष्ट्रिय जागरणको अभियान भएको बताउनु भयो ।

उहाँले अभियानमा १२ लाख मानिस जोडिनुका साथै २० हजार मेट्रिकटन भन्दा बढी फोहोर उठाएको बताउनु भयो । वागमती अभियन्ताहरुले यस समयावधिमा ६ हजार भन्दा बढी वृक्षारोपण गरिसकेको पनि बताउनु भयो ।

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०५:२८
हजुरको प्रतिक्रिया