२०८३ साउन २१ गते बिहीबार

काँग्रेससँगको सत्ता सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएका छौंः एमाले

काँग्रेससँगको सत्ता सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएका छौंः एमाले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०५:३७

सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)ले काँग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ ।

काठमाडौँ ।

सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)ले काँग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ ।

शनिवार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले केन्द्रिय सचिवालय बैठकले सो कुरामा जोड दिएको हो । सरकारको ४ महिने कार्यकाल आधारभुत रुपमा ठिक ढंगले अघि बढ्दै गइरहेको निष्कर्ष निकाल्दै बैठकले दुई दल बीचको सत्ता साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो । उहाँले सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउनकालागि गरी दुई दलबीच संघ, प्रदेश र स्थानीय तहमा समेत संयन्त्र बनाएर अघि बढ्ने निणर्य पनि दुई दलबीच भएको बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सरकारको ४ महिने कार्यकालको समिक्षा गरेका छौं । सरकारले आधारभुत रुपमा ठिक ढंगले काम गर्दै अगाडि बढिरहेको दुई मुख्य राजनीतिक दलहरुको बीचमा समझदारीलाई अझ प्रगाढ बनाउन र काममा अझ बढी समन्वय ल्याउनको निम्ति हालै दुई दलको बीचमा संयन्त्रहरु पनि बनेको र यो विश्वासको वातावरणलाई अझ सुदृढ गर्दै लैजानका निम्ति सरकारलाई सफलता प्राप्त होस भन्ने कुरामा पनि हामीले जोड दिएका छौं ।’

एमालेले दुई दल बीचको विश्वासको वातावरण खदिलो बनाउन पनि सरकारलाई सुझाव दिइएको जनाएको छ ।

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०५:३७
हजुरको प्रतिक्रिया