२०८३ असोज २५ गते आइतबार

म्याग्दीको मंगलनघाटमा पक्की झोलुङ्गे पुल बन्दा स्थानीयलाई सहज

म्याग्दीको मंगलनघाटमा पक्की झोलुङ्गे पुल बन्दा स्थानीयलाई सहज

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०६:५२

जीणर् बनेर प्रयोगविहिन भएको बेनी नगरपालिका-७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुङ्गे पुलको पहिलेको स्वरूपमै मर्मतसम्भार असम्भव भएपछि पुललाई नयाँ स्वरुपमा निर्माण गरिएको छ ।

म्याग्दी ।

जीणर् बनेर प्रयोगविहिन भएको बेनी नगरपालिका-७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुङ्गे पुलको पहिलेको स्वरूपमै मर्मतसम्भार असम्भव भएपछि पुललाई नयाँ स्वरुपमा निर्माण गरिएको छ ।

नेपालकै पुरानो दाबी गरिएको म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट-हाँडेभिर जोड्ने पुल १ सय ३७ बर्ष अगाडी बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले म्याग्दीको ग्रामीण क्षेत्रको खानीबाट निकालिएको काँचो फलामलाई गोलमा तताएर, कुटेर साङ्ले लठा र काठको फलेक राखेर बनाएको बताइन्छ । बेनी नगरपालिको पहलमा क्षेत्रगत झोलुङे पुल सुधार कार्यक्रम र गैरसरकारी संस्था मिलन म्याग्दीमार्फत ३८ लाखको लागतमा ४८ मिटरको पुल निर्माण गरि सञ्चालनमा आएको बेनी नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।

झोलुङ्गे पुलमा तत्कालिन समयमा काठका फट्टा राखेर मर्मतको प्रयास असफल भएपछि नयाँ पुलमा तत्कालिन समयमा प्रयोग भएको स्थानीय प्रविधिको पुरानो लठ्ठालाई राखेपछि मात्रै उद्घाटन गरिने छ । झोलुङ्गे पुल पुरै नयाँ बनाउँदा पुरानो पहिचान गुम्ने अवस्था देखिएपछि साङ्लो, लठ्ठालाई भने नयाँ पुलमै जडान गरिने बताइएको छ ।

विसं १९४४ मा निर्माण गरिएको पाति चढाउने डिल र मंगलाघाट जोड्ने झोलुङ्गे पुल जीणर् हुँदा दुर्घटनाको जोखिम समेत बढेको अवस्थामा एक बर्षसम्म बन्द गरिएको थियो । माथि र तल गरी दुईवटा साङ्ले लठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको स्थानीय अगुवा एवं ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए ।

तत्कालिन समयमा उक्त झोलुङ्गे पुल, म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत-जावतका लागि प्रयोग हुने गरेको थियो । नेपालमा झोलुङ्गे पुल राख्ने अभियान राणा प्रधानमत्री चन्द्र शमसेरले वि.सं.१९६० मा नै गरेका थिए ।

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०६:५२
हजुरको प्रतिक्रिया