२०८३ साउन २१ गते बिहीबार

रित्तिदै ‘तीब्बतीयन क्याम’, जीर्ण बन्दै घर

रित्तिदै ‘तीब्बतीयन क्याम’, जीर्ण बन्दै घर

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ कात्तिक २६ गते सोमबार ०९:४४

ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका त केही जीर्ण बनेका घर छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ । एक दशक अगाडिसम्म ति घर मान्छेले भरिभराउ थिए । तर अहिले सुनसान छन् । दशर्कौँदेखि बस्दै आएका तीब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती तित्तो बन्दै गएको हो । वि.सं. २०१८ सालमा तिब्बतबाट आएर बसेका शरणार्थी पोखरा, काठमाडौँ लगायत देशका ठूला सहरमा जान थालेपछि बस्ती रित्तिएको हो ।

बागलुङ ।

बागलुङको ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नम्बर ९ को स्यालपाखेमा बस्दै आएका तीब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै यहाँ बनेका घर भवन जीर्ण बन्दै गएका हुन् । खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताए । पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो संख्यामा शरणार्थीहरु बस्ने गरे पनि अहिले निकै कम भएको उनको भनाइ छ ।

नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जना मात्रै बसोबास गर्ने बताइन् । क्याम्पमा बुढापाका मात्रै उनको भनाइ छ । आफ्नो बाउ र बाजे झण्डै ५३ वर्ष अगाडि ढोरपाटनमा आएको भन्दै अहिलेसम्म राज्यबाट आधारभूत सेवा सुविधासमेत नपाउँदा समस्या भोग्नु परेको भुदीले गुनासो गरिन । क्याम्पमा बस्दै आएको हुने खानेहरु सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै ढोरपाटनमा रहेको उनी बताउछिन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचय पत्र नविकरण गर्नेको संख्या पनि कम छ । आर्थिक वर्ष २०७८÷०७९ मा ५६ जना, २०७९÷०८० मा ५३ जना र गत आर्थिकमा ५० जनाले परिचय पत्र नविकरण गरेका छन् ।

प्रकाशित मिति २०८१ कात्तिक २६ गते सोमबार ०९:४४
हजुरको प्रतिक्रिया