२०८३ साउन २१ गते बिहीबार

अस्वभाविक हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमाः अध्यक्ष भण्डारी

अस्वभाविक हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमाः अध्यक्ष भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २७ गते मंगलबार ०९:१२

उनले अस्वभाविक रुपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन माग गरे । अध्यक्ष भण्डारीले कार्टेलिङ गरेर तीन सय प्रतिशतसम्म हवाई भाडा वृद्धि भएको दाबी गरे ।

काठमाडौं ।

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताएका छन् ।

अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि गर्दा वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेको बताएका हुन् ।

उनले अस्वभाविक रुपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन माग गरे । अध्यक्ष भण्डारीले कार्टेलिङ गरेर तीन सय प्रतिशतसम्म हवाई भाडा वृद्धि भएको दाबी गरे ।

अहिले अन्य समयमा ३०÷३५ हजारमा पाइने हवाइ टिकट अहिले एक लाखसम्म तिर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।

उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल उडान कटौती हुँदा टिकट नपाउने समस्या भोगिरहेका श्रमिकले भाडा महँगीका कारण श्रमिकहरुको बिच्चली रहेको बर्ता ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरु हवाई भाडा वृद्धि र टिकट नपाउँदा अफ्ठ्यारो अवस्थामा रहेको उनको भनाइ थियो । उनले श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयलाई हवाई भाडा नियन्त्रणको लागि दबाब दिइरहेको पनि उल्लेख गरे ।

अध्यक्ष भण्डारीले नेपालबाट दैनिक १२ सयदेखि १५ सय र विदामा आएर फर्किने ५ सय गरी दैनिक २ हजार जना विदेश जाने गरेको बताए ।

अहिले नेपालमा पर्यटन आगमन वृद्धि हुने सिजन पनि हुँदा हवाई टिकट पाउन मुस्किल रहेको उनको भनाइ छ । हवाइ भाडा बढ्दा अहिले कामदार पठाउन नसकिने अवस्था रहेको उनले उल्लेख गरे ।

उनले एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेर टिकटको मूल्य २÷३ सय प्रतिशतसम्म बढाएको आरोप पनि लगाए ।

अध्यक्ष भण्डारीले सिजनको समयमा विगतमा १५÷२० प्रतिशतसम्म हवाई भाडा बढ्ने गरेको भए पनि अहिले एकैचोटी २÷३ सय प्रतिशतले बढ्नु राम्रो नभएको बताए ।

ट्राभल एजेन्सीहरुले पहिले नै टिकट बुक गर्ने र महँगोमा बेच्ने गरेको भन्दै उनले एजेन्सीलाई टिकट बेच्न नदिने सहमति गरेको भन्दै कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

हवाई भाडा वृद्धि र टिकट नपाएपछि तेस्रो मुलुकबाट मानिसहरु विदेश जाने खतरा बढेको र हवाइ भाडाको कारणले वैदेशिक रोजगारीमा जानेहरुको विचल्ली भएको उनको भनाइ थियो ।

अच्चाकाली रुपमा वृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्नेमा उनको जोड छ । साथै उनले विमानस्थल बिस्तार गर्ने समय अनकुल नभएको पनि टिप्पणी गरे ।

प्रकाशित मिति २०८१ कात्तिक २७ गते मंगलबार ०९:१२
हजुरको प्रतिक्रिया