२०८३ साउन २१ गते बिहीबार

नागरिकलाई सहज सेवा दिने गरि काम गरेका छौँ : स्वास्थ्यमन्त्री पौडेल

नागरिकलाई सहज सेवा दिने गरि काम गरेका छौँ : स्वास्थ्यमन्त्री पौडेल

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ मंसिर ४ गते मंगलबार ०४:५२

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा परिणाम आउने खालका योजना कार्यान्वयन गर्न थालेको बताएका छन् ।

बागलुङ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा परिणाम आउने खालका योजना कार्यान्वयन गर्न थालेको बताएका छन् ।

मंगलबार बागलुङको काठेखोला गाउँपालिका–६ स्थित बिहुँकोट आधारभूत अस्पतालको उद्घाटन गर्दै नयाँ सरकार गठनपछि नागरिक प्रत्येक्ष लाभाम्वित हुने खालका कार्यक्रम ल्याएको उनले बताए ।

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुने गरी काम गरिरहेको उनको भनाइ छ । आफू मन्त्री भएदेखि सरकारी अस्पतालका सेवालाई व्यवस्थित गर्दै लगिएको भन्दै सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने गरी मन्त्रालयले काम गरि रहेको मन्त्री पौडेलको दाबी थियो ।

उनले राज्यले धेरै ठाउँमा पूर्वाधार निर्माण गरि सकेको भन्दै अब जनशक्ति र उपकरण व्यवस्थापनमा आफू लागेको उल्लेख गरे । अब सरकारले अस्पताललाई वर्गीकरण गरेर सेवा सुविधा बढाउने मन्त्री पौडेलले जिकिर गरे । बसाइँसराइ गरेर खाली हुँदै गाउँमा निजी क्षेत्रले स्वास्थ्यमा लगानी नगर्ने भन्दै त्यहाँ राज्यलेनै लगानी गर्नु पर्ने टिप्पणी गरे ।

मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध हुँदासेवाका आधारमा अस्पतालको वर्गीकरण गरि नागरिकलाई सहरु रुपमा सेवा दिने बताए । अब कोही पनि नागरिक उपचार नपाएर मृत्युवरण गर्न नपर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति २०८१ मंसिर ४ गते मंगलबार ०४:५२
हजुरको प्रतिक्रिया