२०८३ साउन २१ गते बिहीबार

मन्त्री यादवले भने : मन्त्रालयको नाम फेरिने प्रक्रियामा छ

मन्त्री यादवले भने : मन्त्रालयको नाम फेरिने प्रक्रियामा छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ४ गते मंगलबार ०७:०८

खानेपानी मन्त्री प्रदिप यादवले आफू आबद्ध मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने भनेर प्रक्रिया अगाडि बढेको बताएका छन् ।

काठमाडौं ।

खानेपानी मन्त्री प्रदिप यादवले आफू आबद्ध मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने भनेर प्रक्रिया अगाडि बढेको बताएका छन् ।

मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको आवसरमा आयोजित कार्यक्रममा उनले मन्त्रीको जिम्मेवारी पाएको हुनाले मन्त्रालयलाई बलियो बनाउने भन्दै खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने बताएका हुन् ।

यसको साथै, मन्त्रालय वा खानेपानीलाई नीजि कम्पनीहरुको ग्याङले चलाउने गरेको पनि बताए । उनले भने, ‘यहाँ नीजि कम्पनीहरुको नै चल्ती छ । अरु कसैको छैन् । उनीहरुको ग्याङ छ, त्यसले पानी अन भने अन हुन्छ अफ भने अफ हुन्छ । अवस्था त्यस्तो छ । हामीलाई धेरै झन्झटिलो कानूनले गर्दा पनि समस्या भइरहेको छ ।’

प्रकाशित मिति २०८१ मंसिर ४ गते मंगलबार ०७:०८

हजुरको प्रतिक्रिया