२०८३ साउन २१ गते बिहीबार

कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले गर्‍यो २० लाख सहयोग

कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले गर्‍यो २० लाख सहयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १२ गते बुधबार ०५:५७

ग्लोबल आइएमई बैंक लिमिटेडले बाँकेको कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

पोखरा
ग्लोबल आइएमई बैंक लिमिटेडले बाँकेको कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक मेयर संगिता सुवेदीलाई एक समारोहका बिच सहयोग हस्तान्तरण गरेकी हुन् ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यवाहक मेयर सुवेदीले जानकारी दिए ।

साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको यो सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको बताइन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरिरहेको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

प्रकाशित मिति २०८१ मंसिर १२ गते बुधबार ०५:५७
हजुरको प्रतिक्रिया