२०८३ असोज २३ गते शुक्रबार

‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने, फस्टलुक यस्तो देखियो

‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने, फस्टलुक यस्तो देखियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत २ गते सोमबार १२:३२

काठमाडौं। चलचित्र ए मेरो हजुर-४ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र आउँदो वर्षको भदौ १८ बाट प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ । फिल्ममा अनमोल केसी, सलोन बस्नेत तथा नायिका सुहाना थापालगायतका कलाकारको अभिनय रहेको छ । निर्माणपक्षले...

काठमाडौं। चलचित्र ए मेरो हजुर-४ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र आउँदो वर्षको भदौ १८ बाट प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ ।

फिल्ममा अनमोल केसी, सलोन बस्नेत तथा नायिका सुहाना थापालगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माणपक्षले फिल्मको फस्टलुक सार्वजनिक गरेको छ । फस्टलुकमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् । झरना थापाको निर्देशनमा बनेको यो चलचित्र सुनिलकुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।

चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। यो वर्षको दशैंमा नै प्रदर्शनमा ल्याउने तयारी थियो ।

कोरोना महामारीका कारण छायांकन नै पूरा हुन सकेको छैन । चलचित्रको करिब १० प्रतिशत छायांकन अझै बाँकी छ, जुन केही दिनबाट शुरु गरिनेछ ।

प्रकाशित मिति २०७७ चैत २ गते सोमबार १२:३२
हजुरको प्रतिक्रिया