२०८३ साउन २१ गते बिहीबार

सर्वोच्चका न्यायाधीश हेर्दा झलझली पार्टीको अनुहार देखियो : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

सर्वोच्चका न्यायाधीश हेर्दा झलझली पार्टीको अनुहार देखियो : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २४ गते सोमबार ०६:३५

अहिले न्यायाधीश सिफारिस गर्ने प्रथा नै गलत रहेको भन्दै उनले यसमा पुनर्विचार गर्न जरुरी रहेको बताए । निस्पक्ष न्याय सम्पादन भएको छ भने पनि मानिसको मनमा शंका उत्पन्न हुने अवस्था रहेको उनको भनाइ थियो ।

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतको इजलासमा न्यायाधीशहरु हेर्दा झलझली पार्टीको अनुहार देखिएको बताएका छन् ।

नेपाल बार एसोएिसनको ५०औं कार्यकारिणी परिषदको बैठकको उदघाटन समारोहमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार गठबन्धनको विषयमा अदालत जादाको अनुभव सुनाउँदै न्यायाधीशहरु हेर्दा झलझली पार्टीको अनुहार देखिएको बताएका हुन् ।

बेन्चमा तलबाट माथितिर हेर्दा न्यायाधीशमा पार्टी झलझल देखिएको पाण्डेले बताए । उनले न्याय सम्पादन स्वविवेकीय हुन्छ कि कानुन र संविधानले गाइड गर्छ भनी प्रश्न समेत गरे ।

मुख्यमन्त्री पाण्डेले अदालतको आदेशमा विषयमा असन्तुष्टि पोखेका थिए । यस्तै विषयमा बोल्दा बारको अध्यक्षलाई अवहेलना मुद्दा लागेको भन्दै सांसदलाई पनि त्यस्तै मुद्दा लगाइएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

पाण्डेले अदालतको विषयमा बोल्नै नपाइने त होइन होला नि भन्दै प्रश्न उठाए । राजाकाबिरुद्ध बोल्न पाइदैन थियो, अहिले त राजा फालिसकियो नि । न्यायिक निणर्य मान्दिन भन्न पाइँन्दैन । तर प्रक्रियाका बारेमा बोल्नै नपाइने हो भन्दै पाण्डेले प्रश्न गरे ।

अहिले न्यायाधीश सिफारिस गर्ने प्रथा नै गलत रहेको भन्दै उनले यसमा पुनर्विचार गर्न जरुरी रहेको बताए । निस्पक्ष न्याय सम्पादन भएको छ भने पनि मानिसको मनमा शंका उत्पन्न हुने अवस्था रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०८१ मंसिर २४ गते सोमबार ०६:३५
हजुरको प्रतिक्रिया