२०८३ साउन २१ गते बिहीबार

लमजुङको दुई दिने क्यान्सर र आँखा शिविरमा ६५४ जनाले लिए स्वास्थ्य सेवा

लमजुङको दुई दिने क्यान्सर र आँखा शिविरमा ६५४ जनाले लिए स्वास्थ्य सेवा

विराट न्यौपाने 

@Public 4K Tv

२०८१ मंसिर २४ गते सोमबार ०६:४८

शिविरबाट आफुहरुले क्यान्सर र आँखा सम्बन्धि सेवा पाएको भन्दै सेवा लिएकाहरुले खुशि व्यक्त गरेका छन् । शिविरमा लमजुङ र तनहुँका मानिसहरुले सेवा लिएका थिए ।

लमजुङ ।

लमजुङको सुन्दरबजारस्थित एच.डि.सी.एस नमूना सामुदायिक अस्पतालमा दुई दिन सम्म संचाल गरिएको क्यान्सर र आँखा शिविरमा ६५४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

मंसिर २१ गते र मंसिर २२ गते रातीसम्म संचालन भएको शिविरमा २४५ जनाको क्यान्सर स्क्रिनिङ र ४०९ जनाको आँखाको उपचार गरिएको हो । प्रसुति तथा क्यान्सर रोग विशेषज्ञ लेजरथेरापिष्ट नेशनल क्यान्सर हस्पिटल जावलाखेलका संस्थापक निर्देशक डा. सुशीला वैद्यले खासगरी महिलामा हुने पाठेघरको मुखको क्यान्सर लगायतका समस्याका बारेमा परीक्षण गरेकी थिईन ।

डा. बैधका अनुसार सेवा लिएकामध्ये १० जना महिलाको पाठेघर खसेको पाइयो भने तीमध्येमा पनि जटिर रहेको एकजनाको पाठेघरमा रिङ राख्ने काम समेत गरिएको छ । त्यस्तै १७ जनाको पोलिप अर्थात पाठेघरमा मासुपलाएको फेला परेको छ ।

आँखाका बारेमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले आँखा परीक्षण एवं उपचार सेवा दिएका थिए । नेत्ररोग विशेषज्ञ घिमिरेले २३ जनाको मोतियाविन्दूको शल्यक्रिया गर्नु पर्ने देखिएको जानकारी दिए । साथै, उक्त शिविरमा बिरामीहरुलाई आव्श्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा लमजुङ, लायन्स ईन्टरनेशनल ३२५-ई काठमाण्डौको आयोजना र एच.डि.सी.एस नमुना समुदायिक अस्पतालको व्यवस्थापनमा शिविर संचलन भएको हो ।

शिविरबाट आफुहरुले क्यान्सर र आँखा सम्बन्धि सेवा पाएको भन्दै सेवा लिएकाहरुले खुशि व्यक्त गरेका छन् । शिविरमा लमजुङ र तनहुँका मानिसहरुले सेवा लिएका थिए ।

प्रकाशित मिति २०८१ मंसिर २४ गते सोमबार ०६:४८
हजुरको प्रतिक्रिया