२०८३ साउन २१ गते बिहीबार

पाेखरामा मेयरहरूकाे राष्ट्रिय सम्मेलन हुने

पाेखरामा मेयरहरूकाे राष्ट्रिय सम्मेलन हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत २२ गते आइतबार ०९:०६

पाेखरा । पोखरामा राष्ट्रिय मेयर सम्मेलन हुने भएकाे छ ।  पाेखरा महानगरपालिकाकाे आयाेजनामा स्थानीय तहकाे निर्वाचनपछि पहिलाेपटक मेयरहरूकाे राष्टिय सम्मेलन हुने भएकाे हाे ।  भेला यहि आगामी बैशाख १ गते हुने महानगरले जनाएकाे छ । स्थानीय...

सम्मेलनकाे आकर्षण मेयर साइकल दाैड प्रतियाेगिता

पाेखरा । पोखरामा राष्ट्रिय मेयर सम्मेलन हुने भएकाे छ ।  पाेखरा महानगरपालिकाकाे आयाेजनामा स्थानीय तहकाे निर्वाचनपछि पहिलाेपटक मेयरहरूकाे राष्टिय सम्मेलन हुने भएकाे हाे ।  भेला यहि आगामी बैशाख १ गते हुने महानगरले जनाएकाे छ ।

स्थानीय सरकारका प्रमुखहरू एकै ठाउँ भेला भएर सरकार सञ्चालनका प्रकृयामा सिकेका सिकाइ अनुभव एकापसमा साटासाट गर्नका लागि भेला महत्वपूर्ण हुने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।

महानगरले साे अवसरमा मेयर साइकल दौड प्रतियोगिताकाे समेत आयाेजना गरेकाे जनाएकाे छ ।  वातावरण जोगाऔं, स्वस्थ रहौं भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको पाेखरा १३ का वडाअध्यक्ष एवम् प्रतियाेगिता संयाेजक दर्शन लामाले जानकारी दिए ।

पोखरा महानगरपालिकाको कार्यालय न्यूरोडबाट साइकल दौड शुरु भइ पाँच किलोमिटर दूरी पार गरी लेकसाइडस्थित हल्लनचाेकमा पुगेर समापन हुनेछ । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने तथा स्मार्ट सिटी पूर्वाधार निर्माण गर्दै लैजाने महानगरपालिकाको योजनालाई प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख जिसीकाे विश्वास छ । उनले साइकलको प्रवर्द्धनबाट वातावरण संरक्षणमा योगदान पुग्नुका साथै पर्यटन प्रवर्द्धन पनि हुने भएकाले प्रतियोगिता आयोजना गरिएको बताए ।

महानगरपालिकाले तालदेखि तालसम्म ८४ किमि साइकल ट्र्याकको आवश्यक पूर्वाधार निर्माण गर्न लागेको र साे योजना अन्तर्गत कार्य अघि बढिसकेकाे महानगरले जनाएकाे छ ।

प्रतियोगिता सम्पन्न गर्न पोखरा १३ का वडाध्यक्ष दर्शन लामालाई संयोजक तोकिएको छ । प्रतियोगिताका लागि तयारी तीव्र बनाइएको र अन्तिम चरणमा पुगेको संयोजक एवं वडाध्यक्ष लामाले जानकारी दिए । प्रतियोगिताका लागि कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्टिय तथा अन्तर्राष्टिय खेलाडी संघले सहकार्य गरेको उनले बताए ।

प्रतियोगिताका लागि देशभरका ७५३ वटै स्थानीय तहका प्रमुखलाई पत्राचार गरिएको र कम्तिमा ३०० प्रमुखहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०७७ चैत २२ गते आइतबार ०९:०६

हजुरको प्रतिक्रिया