२०८३ साउन २१ गते बिहीबार

गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’

गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस ८ गते सोमबार ०९:५१

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले मंसिर महिनाको पुरस्कार सुबेदीलाई दिइएको हो ।

गोरखा ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’ले भएका छन् ।

मंसिर महिनामा गण्डकी प्रदेश भरमा उत्कृष्ट काम गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले सुवेदीलाई यो पुरस्कारले सम्मान गरेको हो ।

हरेक महिना प्रदेश प्रहरीले राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले मंसिर महिनाको पुरस्कार सुबेदीलाई दिइएको हो ।

सुवेदीले बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ का १८ वर्षीया सुचिना घले हत्याको सफल अनुसन्धान गरी आरोपीहरूलाई कानुनी दायरामा ल्याएको पाठकले बताए ।

गत मंसिर १५ गतेदेखि बेपत्ता भएकी बारपाककी सुचिना घले १८ गते दिउँसो मैखर्क जंगलमा खाल्डो खनी पुरिएको अवस्थामा शव फेला परेपछि सुवेदी सो घटनाको अनुसन्धानमा तत्कालै फिल्डमा खटिएका थिए ।

एक हप्ता लामो अनुसन्धानपछि डिएसपी सुवेदीले घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याएर प्रहरीको छवि उच्च बनाएकाले पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति २०८१ पुस ८ गते सोमबार ०९:५१
हजुरको प्रतिक्रिया