२०८३ साउन २१ गते बिहीबार

संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल

संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ९ गते मंगलबार ०३:४२

ध्यक्ष दाहालले केही कानून बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महशुस गरेको जिकिर गरे ।

काठमाडौं ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरु खोज्न भौंतारिन नहुने बताएका छन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिला संविधानमा भएका विषय कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको बताए । उनले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिए । उनले संविधान कार्यान्वयनका क्रममा आएका अफ्‌ठ्‌याराको विकल्पमा जान सकिने उल्लेख गरे ।

अध्यक्ष दाहालले केही कानून बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महशुस गरेको जिकिर गरे । राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको जानकारी दिए ।

उनले भने, ‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्‌टा अपुग भए भनेर अरु नै चिज खोज्न हामी भौंतारिएका छौँ । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरु कार्यान्वयन गर्नेकुरामा हामी गम्भीर बन्नसकौँ । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो । भएका विषय कार्यान्वयन नगरीकन हामी अन्त भड्‌िकन थाल्यौँ भने राम्रो हुँदैन । हामीले हाम्रा कार्यभार पूरा गर्न संविधानमा उल्लेख भएका कुराहरु कार्यान्वयन नभएको हुनाले प्रदेशबाट आएका विषयहरु त्यही छन् ।’

अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरुको रक्षा र संप्रेषणहरु गर्न जरुरी रहेको बताए । उनले उपलब्धिको संप्रेषण राम्रोसँग नहुँदा समस्या पैदा भइरहेको जिकिर गरे ।

प्रकाशित मिति २०८१ पुस ९ गते मंगलबार ०३:४२
हजुरको प्रतिक्रिया