२०८३ साउन २१ गते बिहीबार

सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट

सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १० गते बुधबार ०४:०१

इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी एकता, विश्वास र प्रेमको भावनालाई थप गाढा बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरे ।

पोखरा ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताएका छन् ।

इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताएका हुन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’ – शुभकामना सन्देशमा उल्लेख छ ।

इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी एकता, विश्वास र प्रेमको भावनालाई थप गाढा बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरे ।

प्रकाशित मिति २०८१ पुस १० गते बुधबार ०४:०१
हजुरको प्रतिक्रिया