२०८३ साउन २१ गते बिहीबार

बेनीमा अनलाइन प्रणालीमार्फत नेपाली नागरिकताको सिफारिस सम्बन्धी विषयमा तालिम

बेनीमा अनलाइन प्रणालीमार्फत नेपाली नागरिकताको सिफारिस सम्बन्धी विषयमा तालिम

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ पुस १३ गते शनिबार १०:१९

नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रदान गर्नको लागि पूर्वतयारीस्वरुप अनलाइन सिफारिस सम्बन्धी विषयमा तालिममा सेवाग्राहीको समस्या समाधान हुनेमा विश्वास गरिएको छ ।

म्याग्दी ।

म्याग्दीमा वडाबाट हुने नागरिकताको सिफारिसमा हुने हेल्चेक्राईले सेवाग्राहीलाई सास्ती भएको भन्दै म्याग्दीको सदरमुकाम बेनीमा अनलाइन प्रणालीमार्फत नेपाली नागरिकताको सिफारिस सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला समन्वय समिति म्याग्दीको समन्वय तथा व्यवस्थापनमा वडा सचिव र वडा अध्यक्षहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

नेपाली नागरिकताको सिफारिस प्रणालीलाई प्रभावकारी, व्यवस्थित र चुस्तदुरुस्त बनाउने तालिमको उद्देश्य रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रदान गर्नको लागि पूर्वतयारीस्वरुप अनलाइन सिफारिस सम्बन्धी विषयमा तालिममा सेवाग्राहीको समस्या समाधान हुनेमा विश्वास गरिएको छ ।

सेवा प्रवाहलाई सरल, प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, संविधानसभा सदस्य गोविन्द पौडेल, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबि) र नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले आफ्ना धारणा व्यक्त गरेको निमित्त जिल्ला समन्वय अधिकारी अमृत सुवेदीले जानकारी दिए ।

उक्त तालिममा म्याग्दी जिल्लाको ४५ वटै वडाका वडा सचिवहरु, वडा अध्यक्ष र वडा तथा पालिकामा कार्यरत एमआईएस अपरेटरहरुले सहभागिता जनाएका छन् ।

शनिबार सम्पन्न हुने तालिममा गृह मन्त्रालयका सूचना प्रविधि अधिकृतद्वय दिवस कार्की र प्रभात खरेलले सहजीकरण गरिरहेका छन् ।

प्रकाशित मिति २०८१ पुस १३ गते शनिबार १०:१९
हजुरको प्रतिक्रिया