२०८३ साउन २१ गते बिहीबार

सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ, महानगर लगानी गर्न तयार छः चिरिबाबु महर्जन

सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ, महानगर लगानी गर्न तयार छः चिरिबाबु महर्जन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १४ गते आइतबार ०३:२९

उनले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको जिकिर गरे ।

काठमाडौं ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रुपमा विकास गर्नको लागि महानगर लगानी गर्न तयार रहेको बताएका छन् ।

आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरु सबै पुरा गरिसकेको दाबी गरे ।

उनले सदर चिडियाखानालाई रात्रिकालिन रुपमा चलाउनको लागि सम्भव भए÷नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गरे । ललितपुर महानगरमा रात्रिकालिन क्रियाकलापहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालिन क्रियाकलापहरुको थालनि गर्नुपर्ने प्रमुख महर्जनको भनाइ थियो ।

उनले भने, ‘म मेयर भइसकेपछि चिडियाखानासँग एक प्रकारको सम्बन्ध बनाएर प्रतिवद्धता व्यक्त गरेको थिए त्यो सबै पूरा भइसकेको छ । केही पनि बाँकी छैन । पछिल्लो कालखण्डमा जावलाखेल प्रवेश गर्दाखेरि पहिला दुई वटा गेट थियो त्यो गेटमा बार राखिएको थियो । त्यो गेटको नाम नै टाइगर गेट थियो । लगभग ५० औँ वर्ष त्यो गेट हराएको थियो हालसालै हामीले त्यो गेट पनि राखेका छौं । त्यही भएर यहाँले पनि राम्रोसँग हेरिदिुनस् बाघ पनि राम्रै छ त्यहाँ । हामीले बोलेका कामहरु सबै पूरा भएका छन् । तर म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं न । विदेशतिर रात्रिकालिन जू हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरे । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकचोटि अध्ययन गरौं न । अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नको लागि म विशेष अनुरोध गर्न चाहान्छु । किनभने यहाँ रात्रिकालिन क्रियाकलापहरु छैनन् । रात्रिकालिन क्रियाकलापहरु शहर नजिकै रहेको ठाउँमा थोरै ठाउँमा शुरु गरौं । त्यसपछि बिस्तारै बिस्तार गर्दै जाउँला ।’

उनले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको जिकिर गरे ।

प्रकाशित मिति २०८१ पुस १४ गते आइतबार ०३:२९

हजुरको प्रतिक्रिया