म्याग्दी ।
लायन्स क्लव अफ ३२५ बि आई अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा रहेका लायन्स क्लबले शरीरलाई दैनिक विभिन्न प्रकारका पोषक तत्वहरूको आवश्यकताका बारेमा सचेतनामुलक अभियान सहित भिटामिन वितरण गरेको छ । लायन्स अफ बेनी शिवालयको संयोजनमा ओमेगा ३,मल्टिभिटामिन, क्याल्सियम लगायत चार प्रकारको करिब १ हजार थान मल्टिभिटामिन सप्लिमेन्ट वितरण गरिएको हो ।
जनचेतनाको अभावका कारण शरीरमा पोषक तत्वको कमी भएको अवस्थामा त्यसलाई हटाउन मल्टिभिटामिन सप्लिमेन्ट लिन सकिने र यसको महत्वका बारेमा सर्वसाधारणलाई जानकारी समेत गराइएको थियो ।
सदरमुकाम बेनीबजारमा विद्यार्थी, राष्ट्रसेवक कर्मचारी, सर्वसाधारणलाई लायन्स क्लव अफ ३२५ बि आइका निर्वतमान गर्भनर चन्द्रकुमार केसी, डिष्ट्रिक कोअर्डिनेटर प्रमिला जोशी श्रेष्ठ, रिजन चियरपर्सन सुमन श्रेष्ठ लगायत बेनीमा सक्रिय रहेका लायन्स क्लवका पदाधिकारीको उपस्थिती रहेको थियो ।
मल्टिभिटामिन खाँदा शरीरलाई अत्याधिक ऊर्जा प्राप्त हुन्छ, शरीर र स्नायु प्रणाली राम्रो हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। खुट्टा, शरीर र हातमा दुखाइ छ भने पनि मल्टिभिटामिनको प्रयोग गर्नुपर्छ । पोषण विशेषज्ञहरुका अनुसार धेरैजसो स्वस्थ देखिने मानिसहरु आन्तरिक रुपमा कमजोर हुने बताइएको छ ।
प्रकाशित मिति २०८१ पुस १७ गते बुधबार ०६:५३




