२०८३ असोज २५ गते आइतबार

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १८ गते बिहीबार ०२:१५

समितिबाट पारित भ्रष्टाचार निवारण ऐन प्रतिनिधि सभामा पेश हुनेछ ।

काठमाडौं ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको हो । नेपाली काँग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनसहित विधेयक सर्वसम्मतबाट पारित भएको समिति सभापति रामहरी खतिवडाले घोषणा गरे ।

सभापति खतिवडाले विधेयक पारित गर्नको लागि गरेको प्रश्ताव समिति सदस्यहरुले तालि बजाउँदै पारित भएको जानकारी दिए ।

समितिबाट पारित भ्रष्टाचार निवारण ऐन प्रतिनिधि सभामा पेश हुनेछ ।

 

प्रकाशित मिति २०८१ पुस १८ गते बिहीबार ०२:१५
हजुरको प्रतिक्रिया