२०८३ साउन २१ गते बिहीबार

नेता सिटौलाको दाबी  : ‘अहिलेको सरकार नेपाली काँग्रेसको बलमा छ’

नेता सिटौलाको दाबी  : ‘अहिलेको सरकार नेपाली काँग्रेसको बलमा छ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १८ गते बिहीबार ०५:४८

सरकार जोगाउनका लागि जोगाउने नभइ सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने नेता सिटौलाको भनाइ थियो ।

काठमाडौं ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली काँग्रेसको बलमा रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसको बलमा सरकारमा रहनुभएको बताएका हुन् ।

उनले काँग्रेसको सहारामा प्रधानमन्त्री बन्नुभएकाले काँग्रेस बेगर एक्लै अगाडि बढ्न नसक्ने बताए । उनले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने जिकिर गरे । सरकार जोगाउनका लागि जोगाउने नभइ सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने नेता सिटौलाको भनाइ थियो ।

उनले भने, ‘आखिर यो सरकार हाम्रो बलमा छ । केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ । हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर हामी कोही पनि कल्पना गर्न सक्दैनौँ । एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो । यसलाई हामीले जोगाएर लैजानु पनि छ । बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु पनि भएको छैन हामीले । यसलाई जोगाएर लिएर जानु पनि छ र यो सरकार जोगाउनका लागि जोगाउने होइन, यो सरकारले गर्ने नीतिहरुबाट, यो सरकारले गर्ने व्यवहारबाट राज्य सञ्चालनबाट जनताका बीचमा व्यापक काम गर्न सक्नुपर्छ । कुनै प्रेसले कसैका बारेमा भन्यो भन्दै, प्रहरीले कसैलाई पक्राउ ग¥यो भन्दैमा त्यसैलाई विश्वास गरेर काँग्रेस विचलित हुँदैन ।’

नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले सिंगो समाजलाई नेतृत्व दिनसक्नुपर्ने उल्लेख गरे । अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको उनले जिकिर गरे ।

प्रकाशित मिति २०८१ पुस १८ गते बिहीबार ०५:४८
हजुरको प्रतिक्रिया