२०८३ असोज २५ गते आइतबार

नेकपा एस गण्डकी प्रदेशको प्रथम अधिवेशन माघ २६ र २७ गते हुने

नेकपा एस गण्डकी प्रदेशको प्रथम अधिवेशन माघ २६ र २७ गते हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १९ गते शुक्रबार ०५:०३

५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन गरिने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई मानेर प्रतिनिधि चयन हुने आयोजकले जनाएको छ ।

पोखरा ।

नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश समितिले आउँदो माघ २६ र २७ गते प्रथम प्रदेश अधिवेशन गर्ने भएको छ ।

समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै आउँदो माघमा प्रथम प्रदेश अधिवेशन पोखरामा गर्ने जानकारी गराएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने तय भएको प्रदेश अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।

अधिवेशनमा ४ सय ५० प्रतिनिधि सहभागी हुने बरालले बताए । ५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन गरिने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई मानेर प्रतिनिधि चयन हुने आयोजकले जनाएको छ ।

प्रतिनिधि छनोट गर्दा ३ प्रतिनिध छानिदा १ महिला अधिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पिडित र मजदुर क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको अध्यक्ष बरालले जानकारी दिए । प्रत्येक जिल्लाबाट एकजना मजदुर प्रतिनिधि अनिवार्य गरिएको छ ।

प्रकाशित मिति २०८१ पुस १९ गते शुक्रबार ०५:०३
हजुरको प्रतिक्रिया