पोखरा ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शुक्रबार शिलान्यस गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्याङ्जाको फेदीखोला गाउँपालिका १ स्थित गुर्धुममा एक कार्यक्रमकाबिच भवनको शिलान्यास गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले प्रतिष्ठानमार्फत् गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्दै छ । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका १ स्थित गुर्धुममा १ सय ६० रोपनी जग्गा प्रदान गरेको छ । शिक्षालयको पूर्वाधारका लागि कोरिया इन्टरनेसनल कोपरेसन एजेन्सी (कोइका) सँग गण्डकी सरकारले सम्झौता गरेको छ । कोइकासंगको सम्झौता लगत्तै शुक्रबार भवन शिलान्यास गरिएको हो ।
भवन उद्याटन गर्दै पाण्डेले प्रदेशको लागि चाहिने दक्ष जनशक्ती उत्पादनमा शिक्षालयले काम गर्ने बताए । पर्यटकीय राजनधानी धोषण भइसेको पोखरामा अहिले पनि पर्यटन क्षेत्रमा दक्ष जनशक्तीको अभाव रहेको स्मरण गरे ।
प्रदेश सरकारको लगानीमा बन्न लागेको भवनको ३ करोड ५५ लाख १९ हजारमा आरुसी कन्स्ट्रक्सन प्राली, पोखराले सन् २०२६ अगस्टमा सम्पन्न गर्ने गरी ठेक्का पाएको छ । भवन सिलन्यास कार्यक्रममा बोल्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उच्च स्तरको प्राविधिक जनशक्ती उत्पादन हुनुे विश्वास व्यक्त गरे ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले प्राविधिक शिक्षालाई उचाइमा पुर्याउने भनाई राखे ।
प्रकाशित मिति २०८१ पुस १९ गते शुक्रबार ०६:४८




