२०८३ साउन २१ गते बिहीबार

काँग्रेस–एमाले मिल्नुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णा बढ्नेछः रास्वपा

काँग्रेस–एमाले मिल्नुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णा बढ्नेछः रास्वपा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २१ गते आइतबार ०६:१०

पार्टी सभापति रवि लामिछानेको मुद्दामा न्यायालयमाथि विश्वास रहेको समेत जिकिर गरे ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकलाई अपm्ठ्यारो स्थिति धकेलिरहेको टिप्पणी गरेका छन् ।

आईतवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक परियारले सुशासन, स्थायित्व र सेवा प्रवाहमा सहजता प्रदान गर्ने कुरामा वर्तमान सरकारले दाबी गरेअनुसार काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले सरकारले रास्वपालाई प्रतिपक्षमा बस्नकै लागि पठाएको उल्लेख गरे । वर्तमान सरकारले एक ठाउँमा आउनुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जाने सचेतक परियारको भनाइ थियो ।

उनले भने, ‘अहिलेको स्थिति अप्ठ्यारो छ, आशा लाग्दो छैन । संसदका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर सरकार बनाउनुभएको छ । त्यो सरकारले सञ्चार गर्नुपर्ने कुराहरु जति आशा लाग्दा हुनुपर्ने त्यस्तो भइरहेको छैन । उहाँहरु के मा अलमलिनुभएको छ । के मिलिरहेको छैन । त्यसो नहुनुपथ्र्यो । हामीलाई प्रतिपक्षमै बस्न भनेर जनताले जनमत दिएका हुन् । सुशासन कायम गर्न र सरकारको स्थायित्व कायम गर्न, जनतालाई सेवन सुविधा प्रवाह गर्न जसरि काँग्रेस र एमाले एक ठाउँमा आउनुप¥यो भन्ने दाबी थियो । तद्अनुरुप गैदिएको भए हुन्थ्यो । तर त्यस्तो भएन । यो व्यवस्थाको लागि पनि यो राम्रो हो जस्तो मलाई लाग्दैन । कुराहरु राम्रा छैनन् आशा लाग्दा छैनन् । यस्तै रह्यो भने राजनीतिक वितृष्णाको श्रृंखला त्यो बढ्दै जाने खतरा देख्छु म । दुई दल बनेको सरकारले आशा र भरोसा लाग्दा कुरा भएका छैनन् । के कुरामा अल्झिनुभयो । सुशासन कायम गर्नको लागि एक ठाउँमा आएको भन्ने उहाँको सम्झौताअनुसार जानुपथ्र्यो । कुराहरु आशा राख्दा छैन । यस्तै हो भने आउँदा दिनहरुमा राजनीतिप्रति जनताको वितृष्णा बढ्ने खतरा बढ्दै जान्छ । रास्वपाको राजनीति तल्लो तहसम्म्म गएको छ ।’

उनले पार्टी सभापति रवि लामिछानेको मुद्दामा न्यायालयमाथि विश्वास रहेको समेत जिकिर गरे । संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउँदै न्यायालयले निक्ष्पक्ष फैसला हुनेमा पूर्णरुपमा पार्टी विश्वस्थ रहेको उनको तर्क थियो ।

प्रकाशित मिति २०८१ पुस २१ गते आइतबार ०६:१०

हजुरको प्रतिक्रिया