२०८३ असोज २५ गते आइतबार

भीम रावलबारे एमाले नेताहरुः पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य र औपचारिक प्रक्रिया

भीम रावलबारे एमाले नेताहरुः पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य र औपचारिक प्रक्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २२ गते सोमबार ०९:०६

केन्द्रिय सदस्य बस्नेतका अनुसार पार्टीले सोधेको स्पष्टिकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरिएको हो ।

काठमाडौं ।

नेकपा (एमाले) का नेताहरुले पार्टीबाट पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताएका छन् ।

आईतबार केन्द्रिय कमिटिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

केन्द्रिय सदस्य महेश बस्नेतले विगत तीन वर्षदेखि पार्टी गतिविधिमा सक्रिय नभएको र पार्टी निर्णयको विरोधमा उत्रिएपछि कारबाही गरिएको बताए ।

केन्द्रिय सदस्य बस्नेतका अनुसार पार्टीले सोधेको स्पष्टिकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरिएको हो ।

त्यस्तै सांसद योगेश भट्टराईले उनलाई अगामी राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस् भनेर एमालेले निकास दिएको बताए ।

उनले रावलले कम्युनिष्ट विचार र कम्युनिष्ट आन्दोलन छोडेको विषयले नै उनलाई एमालेबाट राजिखुशी निस्किएको स्पष्ट भएको बताए ।

पार्टी गतितिविधिमा सक्रिय नहुने र पार्टीको विधान नमान्ने जोकोहीलाई कारबाही गरिनु सामान्य विषय भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ पुस २२ गते सोमबार ०९:०६
हजुरको प्रतिक्रिया