२०८३ साउन २१ गते बिहीबार

काेराेना कहर : यस्ताे छ कास्की र गण्डकी प्रदेशकाे पछिल्लाे अवस्था

काेराेना कहर : यस्ताे छ कास्की र गण्डकी प्रदेशकाे पछिल्लाे अवस्था

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३ गते शुक्रबार ०७:११

पाेखरा । पछिल्लाे समय देशभर काेराेना संक्रमणकाे दर दैनिक बढिरहेकाे छ । गण्डकी प्रदेशसमेत यसबाट अछुताे रहन सकेकाे छैन । गण्डकी प्रदेशमा हालसम्म कुल १७ हजार ८४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । कुल १ लाख ३८ हजार ८ सय...

कास्कीमा अझै छन् ३ सय ७२ जना सक्रिय संक्रमित

पाेखरा । पछिल्लाे समय देशभर काेराेना संक्रमणकाे दर दैनिक बढिरहेकाे छ । गण्डकी प्रदेशसमेत यसबाट अछुताे रहन सकेकाे छैन । गण्डकी प्रदेशमा हालसम्म कुल १७ हजार ८४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । कुल १ लाख ३८ हजार ८ सय ७० जनामा परिक्षण गर्दा साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

प्रदेशभर हालसम्म १६ हजार ४ सय १५ जना निकाे भएका छन् भने ४ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् । काेराेना भाइरसकाे संक्रमणपछि प्रदेशभर हालसम्म २ सय ७ जनाकाे ज्यान गएकाे छ ।

प्रदेशमा सवैभन्दा धेरै काेराेना प्रभाव कास्कीमा परेकाे छ । कास्कीमा हालसम्म ८ हजार ७ सय ३ जना काेराेना संक्रमित भेटिएका छन् । कास्कीमा ८ हजार २ सय १६ जना निकाे भएका छन् भने यहाँ अझै ३ सय ७२ जना सक्रिय संक्रमित रहेकाे निर्देशनालयले जनाएकाे छ । कास्कीमा हालसम्म काेराेनाका कारण १ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लाे ७२ घण्टामा कास्कीमा कुल ९४ जनामा संक्रमण पुष्टि भएकाे छ । प्रदेशभर याे अवधीमा कुल १ सय १८ जना संक्रमित बनेकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति २०७८ वैशाख ३ गते शुक्रबार ०७:११
हजुरको प्रतिक्रिया