२०८३ साउन २१ गते बिहीबार

काँग्रेस–एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल

काँग्रेस–एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २३ गते मंगलबार १२:४९

आजको कारोबाही राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरुरी रहेको उनको भनाइ छ ।

काठमाडौं ।

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले अन्य राजनीतिक दलहरुमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरे ।

उनले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको बताए । उनले यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने जिरिक गरे । आजको कारोबाही राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरुरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘काँग्रेस र एमालेको सरकार बनेपछि काँग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्नसक्छु भन्ने विषयमा मात्रै केन्द्रित रह्यो । अरु केही विषयमा केन्द्रित भएन । उदाहरणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ । किन हुनुप¥यो ? चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरु कसैले भनेको होला । मेरै पार्टीको एक जना महामन्त्रीले भन्नुभएको छ । किन भन्नुभएको छ भन्दा सत्ता कसरी निर्माण हुनुप¥यो ? सत्ता चलेको चल्यै गर्नुप¥यो । मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो । त्यो भनेको मतलव अब व्यवस्थापिका नराख्ने भनेको हो ? अन्तरनिहित विषय त त्यो हो नि । व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।’

नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका अन्य राजनीतिक दलहरु नहोउन् भन्न खोजेको बताए । अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्नसक्छु भन्ने आत्मविश्वास भएमात्रै लोकतन्त्र बलियो हुने उनले जिकिर गरे ।

प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार १२:४९
हजुरको प्रतिक्रिया