२०८३ साउन २१ गते बिहीबार

अध्यक्ष ओली र महासचिवको प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

अध्यक्ष ओली र महासचिवको प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २४ गते बुधबार ०९:१७

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

काँग्रेस–एमाले सहकार्यको सरकारले राजनीतिक स्थायित्वको आशा जगाएको निस्कर्ष

काठमाडौं ।

आईतबारदेखि शुरु भएको नेकपा (एमाले) को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिएका हुन् ।

उनले बैठकले काँग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निस्कर्ष निकालेको समेत बताए ।

बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्र्दभमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत उनले उल्लेख गरे ।

उनकाअनुसार सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम सफल होस् भन्ने कामना गरेको छ ।

उनले तीन दशकमा सशस्त्र द्वन्द्व, कोरोना महामारी र नाकाबन्दीका बाबजुद मुलुकले प्राप्त गरेका उपलब्धीहरु महत्वपूर्ण भएपनि समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ भएर अघि बढ्ने संकल्प बैठकले लिएको पनि बताए ।

‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि आत्मविश्वासका साथ बढ्ने र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरण गर्ने अभियानमा सहभागि हुन सबैलाई आह्वान गरिएको समेत उनले उल्लेख गरे ।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा रोखेका थिए । राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो ।

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०९:१७
हजुरको प्रतिक्रिया