२०८३ साउन २१ गते बिहीबार

रविसहितका सबै प्रतिवादीको बहस सकियो

रविसहितका सबै प्रतिवादीको बहस सकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २४ गते बुधबार ०३:३४

पोखरा सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरुको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा रास्वपा सभापति रवि लामिछानेसहित ७ जनामाथि बहस सकिएको हो । आज आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर...

जाहेरवालाका वकिलले जवाफी बहस गर्दै

पोखरा
सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरुको बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा रास्वपा सभापति रवि लामिछानेसहित ७ जनामाथि बहस सकिएको हो ।

आज आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे ।

यसअघि रास्वपा सभापति रविसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङ पक्षका वकिलले बहस गरेका थिए ।

कास्की अदालतका स्रेस्तेदार राजन खनालका अनुसार अब जाहेरवालातर्फबाट वकिलले जवाफी बहस गर्नेछन् ।

सरकारी वकिलले बिहिवार जवाफी बहस गर्नेछन् । बिहिवार नभए शुक्रबार आदेश आउने सम्भावना छ ।

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०३:३४
हजुरको प्रतिक्रिया