पोखरा ।
प्रेस सेन्टर नेपालको पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा हुम बहादुर गुरुङ्ग निर्वाचित भएका छन ।
प्रेस सेन्टरको पोखरामा भएको दोस्रो अधिवेशनमा गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति र्निविरोध निर्वाचित भएको हो । समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, द्धितिय उपाध्यक्षमा शिव थापा, सचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा सरिता गायक र सहसचिवमा दिलिप भण्डारी निर्वाचित भएका हुन । सदस्यमा गिता तिवारी, एलिशा थापा, रवि भण्डारी, दक्ष गुरुङ्ग चयन भएको छन् ।
अधिवेशनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले पत्रकारीताका माध्यमबाट समाजवाद स्थापनाका लागि सहयोग गर्न आग्रह गरे । नेपालमा विधिको शासन, भ्रष्टचार तथा अनियमितता नियन्त्रणमा पत्रकारले थप मेहनत गर्न आवस्यक रहेको उनको भनाई थियो । कार्यक्रममा अध्यक्ष शिवराज बस्ताकोटीले संगठनले गरेका गतिविधिका बारेमा जानकारी दिएका थिउ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधब पनेरुले देशभर पाँच हजार भन्दा बढी प्रेस सेन्टरका सदस्य रहेको र पछिल्लो अवस्थाले प्रेस सेन्टर श्रमजिवि पत्रकारको अग्रणी र महत्वपूर्ण संगठन भएको पुष्टि भएको उल्लेख गरे । शहिदको रगतले सृजित संगठनको विरासत र गौरव जोगाउन प्रेस सेन्टरका सबै सदस्यको भुमिका बराबर रहेको उनको भनाई थियो ।
नेकपा माओवादी केन्द्रका पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले दल र राजनितिले गलत ट्रायाक लिन खोजे पत्रकारले खबरदारी गर्न आवस्यक रहेको जिकिर गरे । कार्यक्रममा प्रेस सेन्टर गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले सशक्त रुपमा पत्रकारीतामा क्रियाशिल भैरहन आग्रह गरे । नवनिर्वाचित कमिटीलाई कास्की जिल्ला ईन्चार्ज सन्देश श्रेष्ठले बधाई तथा शुभकामना दिएका थिए ।
प्रकाशित मिति २०८१ पुस २५ गते बिहीबार ०१:१२




