२०८३ साउन २१ गते बिहीबार

रवि लामिछानेलाई धरौटीमा छोड्न अदालतको आदेश

रवि लामिछानेलाई धरौटीमा छोड्न अदालतको आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २५ गते बिहीबार ०६:०६

सरकारी वकिलको जवाफी बहसपछि न्यायाधीशले आदेश दिएका हुन् ।

पोखरा ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासलेले रविलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । आज सरकारी वकिलको जवाफी बहसपछि न्यायाधीशले आदेश दिएका हुन् ।

न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरे।

प्रकाशित मिति २०८१ पुस २५ गते बिहीबार ०६:०६
हजुरको प्रतिक्रिया