२०८३ साउन २१ गते बिहीबार

गोरखामा यसवर्ष पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरूपमा मनाइने

गोरखामा यसवर्ष पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरूपमा मनाइने

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस २६ गते शुक्रबार १०:५०

गोरखा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा बिहिबार बसेको बैठकमार्फत् दिवसका अवसरमा जिल्ला प्रशासन कार्यलय, गोरखाको प्रांगणमा विभिन्न समुदाय, संघसंस्था एवं जनसमुदायको सहभागितामा प्रभातफेरी गरी पृथ्वी नारायण शाहको शालिक भएको स्थान ठुलो आँगन पुगी कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

गोरखा ।

गोरखामा यसवर्ष पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरूपमा मनाइने भएको छ ।

यही पुस २७ गते भोली ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८१ भव्यरूपमा मनाउन लागिएको हो ।

दिवस मनाउनका लागि गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरको संयोजकत्वमा जिल्ला स्तरमाक्रियाशिल राजनितिक दल, जनप्रतिनिधि, सरोकारवाला संघ संस्था, सुरक्षा निकाय, सरकारी कार्यालय कर्मचारी, समुदाय र जनस्तरको सहभागितामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती समारोह समिति समिति गठन गरिने भएको छ ।

गोरखा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा बिहिबार बसेको बैठकमार्फत् दिवसका अवसरमा जिल्ला प्रशासन कार्यलय, गोरखाको प्रांगणमा विभिन्न समुदाय, संघसंस्था एवं जनसमुदायको सहभागितामा प्रभातफेरी गरी पृथ्वी नारायण शाहको शालिक भएको स्थान ठुलो आँगन पुगी कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यलय गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडलको अध्यक्षतामा बसेको बैठकले पुस २७ गते भोली बिहान ८ः०० बजेबाट विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

गोरखा नगरपालिकाको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा यस वर्ष उक्त कार्यक्रम गर्न लागिएको हो ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वी नारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने जनाइएको छ ।

शाहको जन्म स्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिन्छ ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जंगीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

प्रकाशित मिति २०८१ पुस २६ गते शुक्रबार १०:५०
हजुरको प्रतिक्रिया