२०८३ असोज २६ गते सोमबार

म्याग्दीका म्याद गुज्रिसकेका आयोजनालाई पूर्णता दिन सहयोग गर्छु ः देउवा

म्याग्दीका म्याद गुज्रिसकेका आयोजनालाई पूर्णता दिन सहयोग गर्छु ः देउवा

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ पुस २८ गते आइतबार ०७:०९

कांग्रेस सभापति देउवा समक्ष कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीले जिल्लाका प्राथमिकता प्राप्त विकास आयोजनाका लागि बजेट व्यवस्थापन गरिदिने सम्बन्धमा मागपत्र बुझाएका थिए ।

म्याग्दी ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याग्दीका रुग्ण आयोजना र म्याद गुज्रिसकेका आयोजनालाई पूर्णता दिन आवश्यक सहयोग गर्ने बताएका छन् ।

म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि सुरू भएको आठौँ म्याग्दी महोत्सव एवम् गण्डकी प्रदेशस्तरीय कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले म्याग्दीमा देखिएका समस्याहरूलाई प्राथमिकता दिएर काम गर्ने बाचा गरेका हुन् ।

ृ(उनले जिल्लाको बेनी अस्पतालको निमार्णधिन ५० सैयाको बेनी अस्पताल भवन, बेनी–दरबाङ–मुना–ढोरपाटन सडक, बेनी–पाखापानी सडक, बेनी खुल्लामञ्च, बेनी–मौवाफाट–चिमखोला र बेनी–मालढुङ्गा सडकको निर्माणलाई अगाडी बढाउन सम्बन्धित निकायलाई दवाव दिने बताए । प्रसिद्ध धार्मिक स्थल मुक्तीनाथको प्रवेशद्धार रहेको म्याग्दी धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको पूर्वप्रधानमन्त्री देउवालको भनाइ थियो ।

कांग्रेस सभापति देउवा समक्ष कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीले जिल्लाका प्राथमिकता प्राप्त विकास आयोजनाका लागि बजेट व्यवस्थापन गरिदिने सम्बन्धमा मागपत्र बुझाएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, बेनी नगरपालिकामा मेयर सुरत केसी, गण्डकी प्रदेशसभाका सदस्य रेशमबहादुर जुग्जाली, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा सहित राजनीतिक दलका प्रमुखहरूले हिमाली जिल्लाको कार्यान्वयन, समय अवधि तोकिएर पनि लामो समयसम्म अलपत्र परेका आयोजनालाई यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने गरी प्राथमिकीकरणमा राख्न संघीय सरकारले दवाव दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति २०८१ पुस २८ गते आइतबार ०७:०९
हजुरको प्रतिक्रिया