२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन

राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २९ गते सोमबार ०४:४९

आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी काम अघि बढाउन निर्देशन दिएको जिकिर गरे ।

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् ।

सोमवार सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् ।

सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले काम कारबाही गुणस्तरीय रहेको पाएको र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा यो नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना रहेको उल्लेख गरे ।

उनले आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी काम अघि बढाउन निर्देशन दिएको जिकिर गरे ।

उनले भने, ‘काम कारबाही हेर्दाखेरी गुणस्तरीय नै छ र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा यो नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना हो । आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी अघि बढाउने गरी हामी हरेक हप्ता निर्माण कार्यको मूल्यांकन गर्ने र समीक्षा गरेर अघि बढिरहेका छौँ ।’

संघीय संसद भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति २०८१ पुस २९ गते सोमबार ०४:४९

हजुरको प्रतिक्रिया