२०८३ असोज २५ गते आइतबार

माघे संक्रान्तिमा गोरखाको घैरुङमा जुधाइयो ९ हल गोरू

माघे संक्रान्तिमा गोरखाको घैरुङमा जुधाइयो ९ हल गोरू

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ माघ २ गते बुधबार १२:०६

कार्यक्रममा ९ हल अर्थात १८ वटा गोरु दुई ग्रेड ‘ए’ र ‘बि’ विभाजन गरि गोरु जुधाइएको थियो ।

गोरखा ।

माघेसंक्रान्तिको अवसर पारेर गोरखाको शहिद लखन गाउँपालिका–६ घैरुङमा गोरु जुधाई कार्यक्रम सम्पन भएको छ । हराउँदै गएको परम्परालाई जर्गेना गर्ने उदेश्यसहित विगत ९ बर्षदेखि गोरु जुधाइ कार्यक्रम गर्दै आइरहेको हो ।

कार्यक्रममा ९ हल अर्थात १८ वटा गोरु दुई ग्रेड ‘ए’ र ‘बि’ विभाजन गरि गोरु जुधाइएको थियो । ‘ए’ ग्रेड तर्फ पाँच र ‘बि’ ग्रेड तर्फ चार हल गोरु आकारको आधारमा ठुला गोरु ‘ए’ ग्रेडमा र मझौला ‘बि’ मा गरि गोरु जुधाइएको आयोजक हिमालय देवी युवा क्लबले जनाएको छ ।

‘ए’ ग्रेड तर्फको विजेता गोरु कृषकलाई १५ हजार र उपविजेतालाई १० हजार नगद पुरस्कार दिइएको क्लबका अध्यक्ष निर्मल गुरुङले बताए । ‘बि’ ग्रेडतर्फ भने विजेतालाई ८ हजार र उपबिजेतालाई ४ हजार नगद पुरस्कार वितरण गरिएको उनले जानकारी दिए । उक्त गोरु जुधाइ कार्यक्रममा गोरखा र धादिङ जिल्लाबाट गोरु कृषक सहभागी भएका थिए ।

प्रकाशित मिति २०८१ माघ २ गते बुधबार १२:०६
हजुरको प्रतिक्रिया