२०८३ साउन २१ गते बिहीबार

काठमाडौं महानगरले प्रदेश सरकारलाई राजश्वको ४० प्रतिशत रकम नबुझाएको कानूनमन्त्रीको गुनासो

काठमाडौं महानगरले प्रदेश सरकारलाई राजश्वको ४० प्रतिशत रकम नबुझाएको कानूनमन्त्रीको गुनासो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २ गते बुधबार ०४:१३

वागमती प्रदेश सरकार स्थानीय तहहरुसँग बसेर स्थानीय तहलाई सहजीकरण गर्न तयार रहेको उनको भनाइ थियो ।

काठमाडौं ।

वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिकाले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको गुनासो गरेका छन् ।

बुधवार काठमाडौंमा वागमती प्रदेश सरकारको आयोजनामा भएको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । उनले सबै पालिकाहरुले आफूले उठाएको राजश्वमा ६० प्रतिशत आफूले प्रयोग गरेर ४० प्रतिशत राजश्व प्रदेश सरकारलाई बुझाउनुपर्ने भएपनि काठमाडौं महानगरपालिकाले अहिलेसम्म राजश्व नबुझाएको बताएका हुन् ।

पालिकाहरुसमेत बजेट चाहिएको बेलामा आउने तर अन्य समयमा कानून निर्माण गर्न र कानूनलाई सहजीकरण गर्नुप¥यो भनेर प्रदेश सरकारसँग नजाने गरेको उनको भनाइ थियो । स्थानीय सरकारले प्रदेश सरकारसँग बजेट बाहेकका काममा समन्वय नगरेको उनले जिकिर गरे ।

उहाँले भने, ‘भन्दा कति हुने हो वा होइन । काठमाडौं महानगरपालिकाले वागमती प्रदेश सरकारलाई दिनुपर्ने कुराहरुसमेत भएको छैन । राजश्व जति तपाईंहरले उठाउनु हुन्छ, सबै पालिकाहरुले ६० प्रतिशत आफूले प्रयोग गरेर ४० प्रतिशत प्रदेशलाई दिनुपर्ने हो । काठमाडौं महानगरपालिकाले आजसम्म पठाएको छैन । पालिकाहरुले बजेट चाहिएपछि प्रदेश सरकारसँग माग्न आउनुहुन्छ । त्यो भन्दा बाहेक, बजेट माग्ने भन्दा बाहेक अरु कुरामा कहिले पनि प्रदेश सरकारसँग समन्वय भइरहेको छैन । बजेटको बेलामा आउने, तर कानून निर्माणको कुरामा केके झन्झट छन्, केके फुकाइदिनुप¥यो । त्यो त छलफल हुनुपर्छ नि । हामीलाई बोलाइदिनुस् । हामी आउन तयार छौँ ।’

वागमती प्रदेश सरकार स्थानीय तहहरुसँग बसेर स्थानीय तहलाई सहजीकरण गर्न तयार रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०८१ माघ २ गते बुधबार ०४:१३

हजुरको प्रतिक्रिया