बागलुङ ।
नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा देवप्रकाश घिमिरे चयन भएका छन् ।
युनियनको नवौँ जिल्ला अधिवेशनबाट घिमिरेको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा बिनाराम डाँगी, बुद्धिराज गुरुङ र मञ्जु कार्की निर्वाचित भएको निर्वाचन समितिका संयोजक खेम आचार्यले जानकारी दिए । सचिवमा सुजन श्रेष्ठ, सह–सचिवमा विपेन्द्र केसी र कोषाध्यक्षमा पुरुषोत्तम गौतम चयन भएका छन् ।
सदस्यहरुमा मनोज भुषाल, सुदर्शन कुसारी, घनश्याम ज्ञवाली, हरिकृष्ण शर्मा, बलराम अधिकारी, हरि पौडेल, गीता रिजाल, प्रेम कुमारी केसी, छत्रमणलाल कर्ण, पृथीबहादुर थापा, भिमबहादुर बस्नेत र रमाकान्त पौडेल चयन भएका छन् ।
प्रदेश महाधिवेशन प्रतिनिधिमा मोहन कुमार केसी, प्रकाश सुवेदी, जोकबहादुर घर्ती, नारायण पौडेल, लक्ष्मण पौडेल र माधवी शर्मा चयन भएका छन् । संयोजक आचार्यका अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा देव शर्मा आचार्य, टेकनारायण सुवेदी, दुर्गाप्रसाद शर्मा, अम्बिका सापकोटा र गीता सापकोटा चयन भएका हुन् ।
प्रकाशित मिति २०८१ माघ ६ गते आइतबार ०३:१६




